s

ओमनसँग श्रम सम्झौताको मस्यौदामा सहमति

होम कार्की

नेपाल र ओमनबीच गर्ने भनिएको श्रम सम्झौताको मस्यौदामा दुई पक्षीय सहमति शुक्रबार भएको छ । नेपाल र ओमनका उच्चस्तरीय श्रम अधिकारीहरु संलग्न प्राविधिक टोलीको बिहीबार शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति भएको हो । सहमति भएको मस्यौदामा दुवै देशका अधिकारीहरुले हस्ताक्षर गरेको छ ।

बैठकमा सहभागी नेपाली अधिकारीहरु अनुसार अब दुई देशको मन्त्रीस्तरीय बैठकले पारित गरेपछि श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ। हस्ताक्षर यथासक्य छिटो हुनेछ। सम्झौताले नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले ब्यहार्ने, कार्यस्थलको सुरक्षा, न्यायमा सहज पहुँचलगायत विषयमा सहमति जुटेको हो।
 
नेपाली कामदारलाई शून्य लागतमा वैदेशिक रोजगारीमा पठाउने सरकारले नीति लिने घोषणा भएकै दिन ओमनसँग सहमति जुटेको हो। ओमनमा झन्डै १५ हजार नेपाली कार्यरत छन्। जसमध्ये ९० प्रतिशत घरेलु सेवाअन्तर्गत कार्यरत छन्।नेपाल र ओमनबीचको सम्बन्धलाई सुदृढ र नेपाली कामदारको हितमा काम गर्न सरकारले पहिलोपटक दुई वर्षअघि राजदूत पठाएको हो। हाल ओमनको लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल रहेकी छिन्।
 
Published on: 4 May 2019 | Kantipur

Back to list

;