s

ओमानमा समस्यामा परेका ११ जना नेपालीको उद्दार

ओमानस्थित नेपाली दूतावासले समस्यामा परेका ११ जना नेपालीलाई उद्दार गरी नेपाल फर्काएको छ । ओमानको सोहारस्थित  मुआर्ड वाडी हिवी मोर्डन ट्रेड (एएसटिडी) कम्पनीमा सम्झौता अनुसारको सुविधा नपाएका ११ जना पीडितलाई मंगलबार नेपाल फर्काएको हो । उनीहरुलाई कम्पनीभन्दा १६५ किलोमिटर टाढा अलपत्र अवस्थामा राखिएको ठाउँबाट दूतावासको टोलिले उद्दार गरेको हो ।
 
पीडितको उजुरीको आधारमा दूतावासले स्थलगत अध्ययन गरी समस्याको समाधान गर्न कम्पनीसँग छलफल गर्दा समेत समाधान नभएपछि ओमानको स्थानीय निकायसँग समन्वय गरेर उनीहरुलाई नेपाल फर्काएको दूतावासले जनाएको छ ।
 
यो कम्पनीमा समस्यामा परेका २० जना नेपालीलाई दूतावासले उद्दार गरेको थियो । २० जना मध्ये ११ जनालाई नेपाल फर्काए पनि बाँकी ९ जना पीडितको समस्या समाधान र स्वदेश फिर्तीका लागि प्रयास गरिरहेको दूतावासले जनाएको छ । उनीहरु अनेस्टी ओभरसिस् प्रलिबाट स्काफोल्डिङको काममा ओमान गएका हुन् ।
 
Published on: 6 March 2018 | Ujyaaloonline

Back to list

;