s

ओमानमा १० क्षेत्रमा विदेशी कामदारले काम गर्न नपाउने

ओमानले १० वटा क्षेत्रका ८७ वटा पदमा विदेशी कामदार भर्तीमा अस्थायी रोक लगाएको छ । सूचना र प्रविधि, लेखा तथा व्यवस्थापन, बजार व्यवस्थापन, प्रशासन र मानव संसाधन, बीमा, सूचना र मिडिया, चिकित्सा क्षेत्र, एयरपोर्ट, इन्जिनियरिङ र प्राविधिक क्षेत्रमा विदेशी कामदार भर्तीमा ६ महिना रोक लगाएको हो ।
 
ओमानको मिनिस्ट्रि अफ म्यानपावरले यी क्षेत्रमा तत्काललाई विदेशी कामदार भर्तीमा रोक लगाउन निर्देशन दिएको टाइम्स अफ ओमानले जनाएको छ ।
 
निजी क्षेत्रका कम्पनीले विदेशी कामदारको सट्टा ओमानी नागरिकलाई नै प्राथमिकता दिउन भन्ने उद्देश्यले यस्तो नियम ल्याइएको ओमान इन्भेष्टमेन्ट फण्डले जनाएको छ ।
 
Published on: 3 March 2018 | Ujyaaloonline

Back to list

;