s

ओमानले भिजिट भिसालाई ‘वर्किङ’मा परिवर्तन नगर्ने

१७ कात्तिक, काठमाडौं । भिजिट वा पयर्टन भिसामार्फत ओमान पुगेकाहरूले भिसा परिवर्तन गरेर काम गर्न नपाउने भएका छन् ।

ओमानका लागि नेपाली राजदूतावासले सूचना जारी गर्दै ३१ अक्टोबरदेखि भिजिट वा पर्यटन भिसामा गएकाहरुको वर्किङ भिसामा परिवर्तन नहुने बताएको छ ।

‘भिजिट भिसामा ओमान आइसकेपछि सो भिसाको प्रकार परिवर्तन गरी काम गर्न पाउने भिसामा परिवर्तन नहुने भएको जानकारीको गराइन्छ’ दूतावासले जारी गरेको सूचनामा भनिएको छ ।

त्यस्तै ओमानमा भिजिट भिसा वा पर्यटन भिसामा ल्याएर रोजगारी दिने कुरा भनेर आश्वासन देखाउने गरेको भन्दै यस विषयमा सचेत हुन समेत दूतावासले आग्रह गरेको छ ।

पछिल्लो समय रोजगारीका नाममा भिजिट वा पर्यटन भिसामा ओमान पठाउने क्रम बढेपछि यस्तो कडाइ गरिएको हो ।

Published on: 6 November 2023 | Onlinekhabar

Link

Back to list

;