s

ओमनको कानुनलाई पालन गर्न आग्रह

ओमनस्थित नेपाली दूतावासले ओमनमा कार्यरत नेपाली कामदारलाई स्थानीय कानुनलाई पुर्ण रुपमा पालना गर्दै सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेको छ । 
 
‘हामी जुन देशमा वस्छौं । त्यो देशको आवासीय, श्रम र ट्राफिक नियमको पुर्ण पालना गर्नुपर्छ,’ नेपाली दूतावासको संयोजनमा गैरआवासीय नेपाली सोसल क्लवद्वारा आयोजित जन जागरण तथा सशक्तिकरण कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत शर्मिला पराजुली ढकालले भनिन्,‘पुर्णरुपमा कानुनको पालना गर्दा प्रवासमा झन सम्मानीत भइन्छ ।’
 
ट्राफिक नियमको पालना नगर्दा नेपालीको ज्यान गइरहेको सन्र्दभमा राजदूत ढकालले प्रवासमा सुरक्षाको मापदण्डलाई बिशेष ढंगले अनुशरण गर्न जोड दिएकी थिइन् । कार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय सचिव डिवी क्षेत्रीले नेपाली कामदारको हित र सुरक्षाको लागि सरकारले ल्याएको नीतिहरुको स्वागत गरेका थिए ।
 
कार्यक्रम संयोजक सेवन्त पुर्जा पुनले सामान्य बिषयलाई दैनिक जीवनमा ध्यान नदिदाँ र्दुघटनाको शिकार हुनुपरेको वताए । उनले स्वास्थ्य सुरक्षा, ओमानको ट्राफिक नियम, ओमान र नेपालको नियम कानुनवारे जानकारी दिएका थिए ।
 
कार्यक्रममा मनोज कुमार चन्दले लेखन कलावारे प्रशिक्षण दिएका थिए । उनले एकै पटक दुई हातले सुल्टो, उल्टो, मुख, खुट्टा र कुहिनामा राखिएको कलमले लेखेर देखाउँदा उपस्थित सहभागीले निकै चाखपुर्वक लिएका थिए ।
 
एनआरएनका वरिष्ठ उपाध्यक्ष गुणहरी अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत गर्दै उपाध्यक्ष केशव श्रेष्ठले एनआरएनले नेपालीको हितको लागि काम गर्ने प्रयास भइरहेको वताए ।
 
Published on: 2 July 2018 | Kantipur

Back to list

;