s

ओमानबाट १ सय ४६ नेपाली स्वदेश फर्कंदै

कान्तिपुर संवाददाता

काठमाडौँ — ओमानबाट १ सय ४६ जना नेपाली कामदार बिहीबार स्वदेश फर्कंदै छन् । उनीहरु सलाम एयरको उडान नम्बर ओभी ४२७ मार्फत नेपाल आउँदै छन् । ओमानको स्थानीय समय ८:२० मा उडेको यो विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा २ बजे अवतरण हुँदैछ ।

मस्कटस्थित नेपाली दूतावासले उनीहरुलाई स्वदेश पठाएको हो । उनीहरु सबै जनाको पीसीआर परीक्षण गरी स्वदेश पठाइएको हो । जसमा १ सय २० जना पुरुष र २६ जना महिला छन् । अधिकांश महिला घरेलु कामदार हुन् । ओमानबाट आएको यो दोस्रो उडान हो ।

ओमानको लागि नेपाली राजदूत सर्मिला पराजुलीका अनुसार अधिकांशको रोजगारदाताबाटै नै टिकट उपलब्ध गराइएको छ । ‘फर्किनेमध्ये भिसा समाप्त भएका, रोजगार गुमेको र कम्पनी छोडेर गैरकानुनी हैसियत भएकाहरु छन् । गैरकानुनी हैसियत भएकाहरुको जरिवाना मिनाहा गरेर यात्रामा लगाइएको प्रतिबन्ध हटाइएको छ’, उनले भनिन् ।

Published on: 18 June 2020 | Kantipur

Link

Back to list

;