s

ओमनबाट ८ नेपालीको उद्धार

काठमाडौँ — श्रम सम्झौताअनुसार काम र तलब नपाएका ८ नेपाली कामदारलाई ओमनबाट उद्धार गरी मंगलबार स्वदेश फर्काइएको छ । उद्धार भएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना छन् । उनीहरू १ सय २० रियाल पाउने सर्तमा स्कापफोल्डिङको काम गर्न ओमन पुगेका थिए ।
 
अनेस्टी ओभरसिजले गत डिसेम्बर २६ मा उनीहरूलाई ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा पठाएको थियो । वैदेशिक रोजगार विभागसँग समन्वय गरी पीडितलाई नेपाल फर्काउनका लागि टिकट म्यानपावरले मिलाएको हो । ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालका अनुसार उद्धारअघि उनीहरूलाई प्रवासी नेपाली मञ्चले खान, बस्न सहयोग गरेको थियो ।
 
Published on: 22 March 2018 | Kantipur

Back to list

;