s

ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

काठमाडौं : ओमन पुर्‍याइ जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका-५ ठेगाना भइ काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने ४० वर्षीय बिष्णु बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ ।

ओमनमा आकर्षक तलब हुने घरेलु काममा पठाइदिनेलगायत विभिन्न प्रलोभन देखाइ पीडितलाई २०८० भदौ २६ गते काठमाडौंबाट भिजिट भिषामा ओमनको मस्कट शहरमा पुर्‍याएर जबरजस्ती वेश्यावृत्तिमा लगाई शारीरिक तथा मानसिक यातना दिइराखेको अवस्थामा पीडितले आफूलाई नेपाल फिर्ता गरिदिन अनुरोध गर्दा एजेन्टहरूले २ लाख ५० हजार माग गरेकोमा पीडितको आफन्तले उक्त रकम दिइ पीडित नेपाल फर्कन सफल भएको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा वारदातपछि फरार रहेका रानालाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं बालाजुबाट पक्राउ गरेको हो । उनीमाथि उपर जिल्ला अदालत काठमाडौंबाट मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य अभियुक्तहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।

Published on: 27 March 2024 | Annapurna Post

Link

Back to list

;