s

ओमान भन्दै कुवेत लगियो

खाडीको ओमानमा कार्पेन्टर काममा पठाइएको भन्दै कुवेतमा घरेलु कामका लागि पुगेर विमानस्थलमै अलपत्र बनेका दुई कामदार दूतावासको शरणमा पुगेका छन् । सत्यम इन्टरनेसनल मेनपावरबाट पठाइएका गोर्खाका २३ बर्षीय रनबहादुर थापा मगर र लमजुङका खेम गुरुङले ८५ र ९५ हजार रुपैयाँ मेनपावरलाई बुझाएका थिए । एक बंगाली एजेन्टले काममा झिकाएको भनिएका यी कामदार अहिले दूतावासको शरणमा रहेको श्रम सहचारी सिर्जना तिवारीले कान्तिपुरलाई बताइन् । वैदेशिक रोजगारीमा ठगी गर्ने पुरानो नियतभन्दा पनि मानव तस्करी गर्नमा लागिपरेको मेनपावरलाई 'हदैसम्मको कारबाही' गर्न दूतावासले वैदेशिक रोजगार विभागलाई पत्राचार गरिसकेको छ । दूतावासमा आश्रति रहेका यी दुवै पीडित कामदार सोमबार राति काठमाडौं र्फकने भएका छन् ।

Published on: 19 February 2013 | Kantipur

Back to list

;