s

ओमानमा अलपत्र २० जना अझै समस्यामा

राजधानीको बसुन्धरास्थित एक म्यानपावरमार्फत वैदेशिक रोजगारीका लागि ओमन पुगेका २० नेपाली कामदार अलपत्र परेका छन् । उनीहरु गत डिसेम्बर २६ गते ओमनस्थित मुवाराद वादी मोर्डन ट्रेड कम्पनीमा गएका थिए ।
 
ओमन जानुअघि म्यानपावरसँग गरेको कामको सम्झौता र तलब नपाएका २० मध्ये ११ जनालाई कम्पनीले क्याम्पबाट निकालिदिएको रामेछापका यमबहादुर चौहानले बताए । १ सय २० ओमनी रियालमा स्कापफोल्डिङको काम गर्न गएका उनीहरुले त्यहाँ पुगेपछि सडक खन्ने काम लगाएको बताएका छन् ।
 
कम्पनीबाट निष्कासित ११ कामदार ३ सय किमि टाढा रहेको राजधानी मस्कट पुगेका छन् । नेपाली दूतावासमा पुरुष कामदारका लागि सेल्टर नभएकाले ६ जनालाई गैरआवासीय नेपाली सामाजिक क्लब र ५ जनालाई बुद्ध भिजन भन्ने सस्थाले आश्रय दिइरहेको बताइएको छ । १ लाख २० हजार रुपैयाँसम्म तिरेर आफूहरु ओमान पुगेको उनीहरुले बताएका छन् ।
 
ओमानस्थित नेपाली दूतावासले कम्पनी सञ्चालकसँग कुराकानी भए पनि समाधान ननिस्केको र पीडित कामदारको उद्धार गर्न तत्परता नदेखाएको भन्दै म्यानपावरलाई कारबाही गर्न वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको बताएको छ ।
 
Published on: 25 February 2018 | Madhyanha

Back to list

;