s

न्युनतम रोजगारीका लागि निवेदन दिने समय १ महिना थप

बेरोजगारहरुले न्यूनतम रोजगारीका लागि आवेदन दिने समय थप गरिएको छ। चैत मसान्तसम्मका लागि तोकिएको समय सरकारले १ महिना थप गरेको छ।
 
रोजगारीको हक सम्बन्धि ऐन कार्यान्वयन गर्न आगामी वर्षका लागि न्यूनतम रोजगारी पाउनका लागि निवेदन दिने समय १ महिना थप गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ। बेरोजगारहरुले प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी हुनका लागि आफ्नो स्थानीय तहको वडा कार्यालयनमा निवेदन दिन सक्नेछन्।
 
Published on: 21 April 2019 | Setopati

Back to list

;