s

एनआरएनलाई ओमनमा मान्यता

गैरआवासीय नेपाली (एनआरएन) संघले ओमनमा विधिवत् मान्यता पाएको छ । 

बिनादर्ता गैरआवासीय संघ खोली गतिविधि गरेको भन्दै खाडी राष्ट्रका सरकारहरूले आपत्ति जनाउँदै आएका थिए । ओमनमा पाँच वर्षअघि सुरु गरिएको दर्ता प्रक्रियाले बल्ल सफलता पाएको हो । क्लबका रूपमा दर्ता गर्नुपर्ने त्यहाँको नियमअनुसार नाम भने ‘गैरआवासीय नेपाली सामाजिक क्लब’ राखिएको छ । अध्यक्ष दीपक श्रेष्ठले चाँडै यसको भवन र बुद्धको स्तूप बनाउने जानकारी दिए । 

संघले नेपाली नयाँ वर्ष मनाउन आयोजना गरेको समारोहमा ओमनको मिनिस्ट्री अफ सोसल अफेअरका प्रतिनिधिले दर्ता प्रमाणपत्र हस्तान्तरण गरे । कार्यक्रममा नेपाली दूतावासकी प्रमुख रोजिना ताम्राकार, एनआरएनका अन्तर्राष्ट्रिय उपाध्यक्ष कुमार पन्त र मध्यपूर्व संयोजक डीबी क्षत्रीले शुभकामना दिएका थिए ।

Published on: 25 April 2017 | Kantipur

Back to list

;