s

एनआरएनएकाे तथ्यांक : कोरोना भाइरसका कारण विश्वभर १४ नेपालीको मृत्यु

विश्वभर फैलिएको कोरोना महामारी (कोभिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने नेपालीको संख्या संख्या १४ पुगेको छ । मृत्यु भएकामध्ये १३ जना गैरआवासीय र एकजना खाडी मुलुकमा रोजगारीका लागि गएका नेपाली छन् । 

गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार कोरोना संक्रमणबाट बेलायतमा आठ, अमेरिकामा पाँच र युएईमा एकजना नेपालीको ज्यान गएको छ । यो समिति गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समितिअन्तर्गतको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन् । 

डा. सापकोटा नेतृत्वको समितिले विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरू तथा स्थानीय संघसंस्थाद्वारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको एनआरएनएका प्रेस संयोजक चिरन शर्माले बताए । 

समतिका अनुसार अमेरिकामा पाँच सय, युकेमा एक सय, स्पेन १८, युएईमा १०, जर्मनीमा चार, पोर्चुगलमा आठ, अस्ट्रेलियामा नौ, साउदी अरबमा चार, कुवेतमा पाँच, जापानमा एक, मलेसियामा एक, म्यानमारमा एक र हङकङमा एकजना नेपाली कोरोना संक्रमित छन् । 

यो अहिलेसम्म सार्वजनिक भएको तथ्यांक हो । कोरोना भाइरसबाट संक्रमित कतिपय गैरआवासीय नेपालीले आफू संक्रमित भएको सार्वजनिक गरेका छैनन् । केही दिनअघि नयाँ पत्रिकासँगको अन्तर्वार्तामा संघका अध्यक्ष पन्तले विश्वभर करिब एक सय नेपाली संक्रमित भएको अनुमान संघले गरेको बताएका थिए ।

Published on: 12 April 2020 | Nayapatrika

Link

Back to list

;