s

एनआरएनएको २४ घण्टे हेल्पलाइन सञ्चालनमा

काठमाडौँ, चैत ३० गते । गैरआवासीय नेपालीले सामना गर्नु परेको समस्यालाई सुनुवाइ गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले आजदेखि टेलिफोन हेल्पलाइन सञ्चालनमा ल्याएको छ । 

सङ्घको काठमाडौँस्थित सचिवालयबाट २४ सै घण्टा सञ्चालन हुने उक्त हेल्पलाइनमा कोरोना महामारीका कारणले अलपत्र परेका नेपाली, वैदेशिक रोजगारी रहेका नेपाली, नेपाली विद्यार्थीलगायतले फोन गरेर आआफ्ना समस्या टिपाउन सक्नेछन् । भाइवर, ह्वाट्सअपबाट पनि हेल्पलाइनमा सम्पर्क गर्न सकिने सङ्घले जनाएको छ । 

बिहान ०८ देखि अपराह्न ५ बजेसम्म ९८४१२८०००५, साँझ ५ देखि राति १२ बजे सम्म ९८०८३१२५५५ र राति १२ देखि बिहान ०८ बजेसम्म ९८२३४५८२०४ नम्बरमा सम्पर्क गरी समस्या राख्न सकिने सङ्घका महासचिव हेमराज शर्माले जानकारी दिनुभयो । सङ्घले यसअघि नै २४ सै घण्टा स्वास्थ्य हेल्प लाइन सञ्चालनमा ल्याइसकेको छ ।

Published on: 12 April 2020 | Gorkhapatra

Link

Back to list

;