s

एनआरएनएको २४ घण्टे हेल्पलाइन

कान्तिपुर संवाददाता 

काठमाडौँ — विदेशमा रहेका नेपालीहरुको निरन्तर जानकारी लिन गैर आवासीय नेपाली संघ (एनआरएनए) ले  २४ सै घण्टा सञ्चालन हुने टेलिफोन हेल्पलाइन सुरु गरेको छ । 

कोरोना भाइरस संक्रमणबाट नेपालीहरुले सामना गरिरहेका समस्या सुनवाई गर्न सेवा सञ्चालनमा ल्याइएको एनआरएनए अध्यक्ष तथा कोबिड–१९ उच्चस्तरीय समिति संयोजक कुमार पन्तले जानकारी दिए । गैर आवासीय नेपाली संघको काठमाडौंस्थित सचिवालयबाट उक्त सेवा आइतबारदेखि सुरु गरिएको हो । 

कोरोना महामारीले विश्वमा भइरहेको लकडाउनका कारणले विदेशमा अलपत्र परेका, बिरामी र अन्य समस्या झेलेका नेपालीले हेल्पलाइनमार्फत केन्द्रीय कार्यालयमा जानकारी दिन सक्ने एनआरएनए केन्द्रीय महासचिव हेमराज शर्माले कान्तिपुरलाई बताए । 

गैर आवासीय नेपालीहरुको अवस्था तत्कालै बुझी समस्यामा परेकालाई तत्कालै राहत र उद्दारका उपाय अपनाउन सकियोस् भनी हेल्पलाइन सुरु गरिएको एनआरएनएले जनाएको छ । 

यसअघि एनआरएनएले विश्वभर छरिएका नेपाली समुदायले स्वास्थ्यसम्बन्धी समस्या सुनुवाइ गर्न डा. सञ्जीव सापकोटाका संयोजकत्वमा २४ सैं घण्टा स्वास्थ्य हेल्पलाइन सञ्चालनमा ल्याएको थियो ।

Published on: 12 April 2020 | Kantipur

Link

Back to list

;