s

एनआरएनहरुलाई नयाँ पद– स्थानीय तहको वैदेशिक सल्लाहकार !

गैरआवासीय नेपालीहरु विदेशमा बसे पनि कुनै न कुनै रुपमा नेपालसँग जोडिएकै हुन्छन् । जबजब पदको कुरा आउँछ, तब गैरआवासीय नेपाली अगुवाहरुले नेपालका अनेक पद हात पार्न सफल हुन्छन् ।
 
पहिले–पहिले महावाणिज्यदूत, पर्यटन दूत, चेम्बर अफ कमर्सका प्रतिनिधि, राजनीतिक दलका पदको चहलपहल निकै हुन्थ्यो, त्यस्ता पदाधिकारीहरु प्रवासी नेपालीहरुका कार्यक्रममा अतिथि बनेर मञ्चमा बस्न पाउँथे । मुलुकमा तीनै तहका चुनाव सम्पन्न भएसँगै गैरआवासीय नेपालीका लागि पनि नयाँ-नयाँ पदका लागि ढोका खुलेको छ ।
 
हालै मात्र कुस्मा नगरपालिकाका मेयरले दुई जना गैरआवासीय नेपाली अगुवालाई आफ्नो वैदेशिक मामिला सल्लाहकार नियुक्त गरेका छन् ।
 
स्पेन बस्ने एकराज गिरी र बेलायत बस्ने कुल आचार्यलाई नगरप्रमुखले बेग्लाबेग्लै पत्र पठाउँदै ‘नगरप्रमुखको विदेश सल्लाहकार’ नियुक्त गरेको जनाएका छन् ।
 
नगरप्रमुखले आफ्नो ‘वैदेशिक सल्लाहकारको हैसियतमा राष्ट्रिय तथा अन्तराष्ट्रियरुपमा सकारात्मक कामका लागि आधिकारिक प्रतिनिधित्व गर्नुहुन’ समेत अनुरोध गरेका छन् । स्थानीय तहका प्रमुखले आफ्नो वैदेशिक सल्लाहकार नियुक्त गरेको सम्भवतः यो नै पहिलो होला ।
 
Published on: 12 April 2018 | Onlinekhabar

Back to list

;