s

एनआरएनए अध्यक्षमा अमेरिकाका रतन झाको उम्मेदवारी घोषणा

वाशिंगटन डिसी महानगर क्षेत्रमा एनआरएनए भर्जिनिया शाखाको आयोजनामा गरिएको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिका पूर्व महासचिव रतन कुमार झाले एनआरएनए आईसीसीको लागि आफू अध्यक्ष पदको प्रत्यासी हुने औपचारिक रुपमा घोषणा गरेका छन् 
 
 गैर आवासीय नेपाली संघमा स्थापना कालदेखि क्रियाशील रहेका झाले एनआरएन अभियानमा सशक्त भूमिका निर्वाह गर्दै अएका छन्। नेपालको सर्लाही जिल्लाको सिसौटिया गाबिस मा जन्मी हुर्केका झा १९९१ मा अमेरिका उच्च अध्ययनको लागि आएका थिएl
 
१९९४ मा अमेरिकाको ओक्लाहोमा बिश्व बिद्यालयबाट सिभिल इन्जीनियरिङमा स्नातकोत्तर गरेका झा हाल टेक्सासको ब्यबसायिक दर्तावाल अभियन्ताको पेसामा संलग्न छन् l
 
श्रीमती तथा दुई सन्तानका पिता झा हाल टेक्सासको हुस्टनमा बसोबास गर्दछन्l उनको मुख्य पेशा भूमि-भवन (रिएल स्टेट )निर्माण विकास सम्बन्धी कारोबार छ भने उनको ब्यबसाय अमेरिका ,कतार तथा नेपाल सम्म फैलिएको छl
 
एनआरएन अभियानमा बिगतदेखि तितामिठा अनुभव आफूसँग रहेको उल्लेख गर्दै उनले नेतृत्व प्रदान गर्ने क्षमता भएको कारण एनआरएनए अध्यक्ष पदको उम्मेदवार दिन चाहेको बताएl २०११ देखि नै एनआरएन आईसीसीका सल्लाहकार रही आएका छन्। २०१३-२०१५ का लागि पनि सल्लाहकार नै छन्l
 
२००९-२०११ मा एनआरएन आईसीसीमा महासचिवको रुपमा काम गरिसकेका छन्। अमेरिकामा रहेको एनएसीसी (न्याक )का सह- अध्यक्ष भै काम गरि सकेको अनुभव छ l
 
कार्यक्रममा उनले आफ्ना कार्यसुची प्रस्तुत गर्नुका साथै आफु उम्मेदवार बन्नुको कारण बारेमा मन्तब्य राखेका थिएl
 
डिसी महानगर क्षेत्र वरपरका विभिन्न पेसामा संलग्न नेपाली तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा झाले उम्मेदवारी घोषणा गरेका हुन्l
 
उनले एनआरएन आईसीसीको अध्यक्ष पदका लागि उम्मेदवारको घोषणा औपचारिक गर्दै सबैलाई अक्टोबरमा हुने सम्मेलनमा सहभागी हुन् आग्रह गरेl एनआरएन सबैको सांझा संस्था हो भन्दै संस्था प्रति भावनात्मक सम्बन्ध रहेको भन्दै एनआरएन धनीको मात्र संस्था नभएको तर्क पेश गरेका थिए l
 
शेष घलेको कामको सराहना गर्दै उनले गरेका कामलाई पूर्णता दिनुपर्ने कुरामा जोड दिएका थिए l
 
उनका कार्यसूचीहरुमा संघको संस्थागत विकास र स्थायित्व ,नागरिकताको निरन्तरता र मताधिकार ,व्यवस्थित बैदेशिक रोजगार र सुरक्षित आप्रवासन ,पुनर्स्थापन र पुनर्निर्माण ,विप्रेषण ,बैदेशिक तथा सामुहिक लगानी रहेको घोषणा गरेका थिए l
 
झालाई शुभकामना दिने क्रममा डिसी महानगर क्षेत्रका सबै संस्थाका तर्फबाट अमेरिका नेपाल सोसाइटीका सभापति जीवन तिवारीले संघ तथा संस्थाहरुमा हातेमालो गर्दै अगाडी बढ्नु पर्ने मन्तब्य राख्दै शुभकामना दिएका थिए l
 
एनआरएन अमेरिकाका सल्लाहकार तथा लेखा परीक्षक हरि शर्माले एनआरएन संस्था झाँगिएकोमा हर्ष लागेको विचार पोखेका थिए भने नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष कृष्ण शर्माले एनआरएले खेलेको भूमिकाको सराहना गरेका थिए l
 
एनआरएन अमेरिकाका पूर्व वरिष्ठ उपाध्यक्ष लोक तिवारीले मन्तब्य गर्ने क्रममा कार्यक्रमलाई सफलता बनाउन सबैको हातेमालोको खाचो चाहिन्छ भन्दै एनआरएन अमेरिका अब एनआरएन अन्तरराष्ट्रियको नेतृत्व हाक्न सक्ने भएको आफुलाई लागेको विचार राखेका थिए l
 
एनआरएन अमेरिकाका संस्थापक सुमन तिमिल्सिनाले एनआरएन अमेरिकाका बारेमा संक्षिप्त परिचय दिदै नेतृत्वको कार्यकाललाई सफलताको लागि शुभकामना दिएका थिए l
 
एनआरएन आईसीसीका सल्लाहाकार तथा संचारकर्मी रामचन्द्र खरेलले एनआरएन एनसीसी र एनआरएन आईसीसीको ऐतिहासिक पृष्ठभूमि बारेमा चर्चा गर्दै एनसीसी र एनआरएन बारेमा केही भ्रम रहेको बारेमा प्रस्ट्याएका थिए। एनआरएन अमेरिकाका डा केशब पौडेलले झाको उम्मेदवारीलाई समर्थन गर्दै शुभकामना दिएका थिएl
 
अमेरिकाका लागि नेपाली राजदुत डा अर्जुन कुमार कार्कीले रतन झाले दिएको उम्मेदवारिको घोषणाले आफुलाई खुशी लागेको भन्दै रतन झालाई शुभकामना दिएका थिए।
 
डा कार्कीले एनआरएनलाई सरकारले मान्यता दिएकोले अमेरिकामा सबै भन्दा भरपर्दो संस्था एनआरएन नै लागेको भन्दै अभिभावकको रुपमा यस संस्थालाई लिएको बताएका थिए।
 
स्थानीय गायक खगेन्द्र संग्रौलाले म मरे पनि मलाई देशको माया छ भन्ने राष्ट्रिय गीत गाएका थिए भने एनआरएन अमेरिका भर्जिनिया शाखाका उप सभापति गोविन्द सुबेदीले स्वागतम मन्तब्य राखेका थिए l
 
भर्जिनिया शाखाका अध्यक्ष मुक्ति दवाडीले रतन कुमार झालाई साथ दिने बचन बद्धता दिदै सहयोगमा कुनै कसर नछोड्ने बताए। सचिब कृष्ण भण्डारीले कार्यक्रम संचालन गरेका थिएl
 
Published on: 11 August 2015 | Nagarik
 

Back to list

;