s

निःशुल्क भिसा भन्दै लाखौं उठाउने प्रयास

कतार एयरवेजका लागि काम गर्न निःशुल्क भिसा दिएर लैजाने भनेर सार्वजनिक सूचना जारी गरिए पनि इच्छुक कामदारबाट भने लाखौं पैसा असुल्ने काम भएको छ । रियल रेडिएन्टल इन्टरनेसनल प्रालिले आकर्षक तलब सुविधासहित करिब ३ सय पदका लागि हालै विज्ञापन गरेकेा थियो ।

सूचनअनुसार निःशुल्क भिसा पाइने आशामा आवेदन दिन गएका सन्तोष ढकालसँग १ लाख ५० हजार मागिएको उनले बताए । 'गोपीकृष्ण हल नजिक एसआर क्याटरिङ एन्ड पार्टी प्यालेसमा बोलाएका थिए, सुरुमा निवेदन लिएर अन्तर्वार्ता लिए,' ढकालले कान्तिपुरलाई भने, 'पछि अर्को कोठामा लगेर डेढ लाख रुपैयाँ दिने भए पक्का हुन्छ भने ।' आफू निःशुल्क भनेर आएको बताए पनि पैसा नपाई कतार एयरवेजमा काम गर्न पाइँदैन भन्ने जवाफ आएको उनले बताए । रियल रेडिएन्टको सूचनामा एसआरलाई पनि सम्पर्क केन्द्र तोकिएको छ ।

यस्तै हल्ला चलेपछि केही दिनअघि वैदेशिक रोजगार विभागले पनि उक्त एयरवेजका लागि कामका लागि जान खोज्नेहरूलाई लक्षित गर्दै पैसा नदिन सार्वजनिक सूचना जारी गरेको थियो । '४/वर्षअघि पनि यस्तै चलखेल भएको सुनेकाले यसपाला सचेत गराउने सूचना जारी गरेका हौं,' वैदेशिक रोजगार विभागका महादिर्नेशक पूर्णचन्द्र भट्टराईले भने । राम्रो तलबमा जान पाउने राम्रो अवसर नगुमोस् भनेर विभाग सचेत रहेको बताउँदै उनले भने, 'तर निःशुल्क भनेपछि पैसा लिन पाइँदैन ।

Published on: 2 November 2012 | Kantipur

Back to list

;