s

निःशुल्क भिसा र टिकटको निर्णय फिर्ता हुँदैन : गच्छदार

मेनपावर व्यवसायीले दुई वर्षअघिको निःशुल्कभिसा र टिकट निर्णय खारेज हुनुपर्ने माग गरिरहेको बेलाश्रम तथा रोजगार राज्यमन्त्री दिलीप खवास गच्छदारले भने उक्त निर्णय फिर्ता नहुने प्रस्ट पारेका छन्। नेपाल स्वास्थ्य व्यवसायी महासंघको ११औं वार्षिकोत्सव समारोहमा बोल्दै गच्छदारले उक्त कुरा बताएका हुन्। सरकारले निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि कामदारले अझै बढी शुल्क बुझाउनु परेको गुनासो समेत व्याप्त छ। 'सरकारले निःशुल्क भिसा र टिकटको निर्णय कार्यान्वयन गरेरै छाड्ने तयारी गरिरहेको बेला कसैले मेनपावरलाई बढी रकम दिन्छ भने त्यस्तोमा भने सरकारलेे केही गर्न सक्दैन,' आइतबार महासंघको वार्षिकोत्सवमा उनले भने। गच्छदारले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट हुनुपर्ने बताए।

सोही कार्यक्रममा बोल्दै श्रम तथा रोजगार सचिव लक्ष्मणप्रसाद मैनालीले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका तमाम समस्या अन्त्य गर्न गाउँबाट मान्छे ल्याउने व्यक्तिदेखि गन्तव्य मुलुकसम्म सुधारको आवश्यकता रहेको बताए। पछिल्लो समयमा वैदेशिक रोजगारीको क्षेत्रमा अनेक समस्या सिर्जना भइरहेको उनको भनाइ छ। कार्यक्रममा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले रोजगारीमा जाने कामदार विदेशमा समस्यामा पर्ने क्रम नरोकिएकाले अब स्वास्थ्य परीक्षण गर्दा नै कामदारलाई स्वास्थ्य सम्बन्धी परामर्श दिनुपर्ने आवश्यकता रहेको औंल्याए। महासंघका अध्यक्ष कैलाश खड्काले कामदारको गुणस्तरीय स्वास्थ्य परीक्षणको पक्षमा रहेको बताए। वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले वैदेशिक रोजगारीमा गएका कामदार स्वास्थ्य परीक्षण या अन्य कुनै पनि कारणले सम्झौता अवधि सकिनु अघि नै स्वदेश फर्कनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए

Published on: 13 February 2017 | Nagarik

Back to list

;