s

न्यू ब्लूस्टारका सञ्चालकसँग २० लाख धरौटी माग

वैदेशिक रोजगार विभागले राजधानीको सिनामंगलस्थित न्यू ब्लु स्टार ओभरसिज सर्भिसेज प्रा.लि.का सञ्चालक आर. बी. घिमिरेसँग २० लाख रुपैयाँ धरौटी माग गरेको छ । रोजगारीका लागि विदेश जान चाहने युवाहरूलाई ठगीको आरोपमा विभागले उनीमाथि अनुसन्धान जारी राखेको छ ।
 
उनीमाथि मुद्दा चलाउन विभागले विशेष सरकारी वकिलको कार्यालयमा राय माग गरेको विभाग स्रोतले बतायो । माग भएअनुसार विशेष सरकारी वकिल कार्यालयबाट राय आएमा विभागले घिमिरेमाथि वैदेशिक रोजगार न्यायाधीकरणमा  वैदेशिक रोजगार गठी मुद्दा दायर गर्नेछ ।
 
सञ्चालक घिमिरे आफ्नो दुबै मिर्गौंला फेल भएका कारण हिरासतमै रहेर राजधानीको एक अस्पतालमा डाइलोसिस गराइरहेका छन् । आफू विरामी भएको अवस्थामा आफूले म्यानपावरको काम गर्ने जिम्मा म्यानेजर सञ्जय उप्रेतीलाई दिएको र उप्रेतीले न्यू ब्लू स्टार नवीकरण नभएकै अवस्थामा अर्कै एक म्यानपावरको नाममा कुवेतको डिमान्ड निकालेर कामदारहरुसँग रकम उठाएको बताएका छन् । उप्रेती अहिले फरार छन् ।
 
उक्त म्यानपावर कम्पनीले वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति समेत नलिई  कुवेतमा सुरक्षा गार्डको रोजगारीमा पठाउने भन्दै युवाहरूबाट दश हजारदेखि एक लाख २० हजारसम्म उठाउने गरेको विभागमा परेको उजुरीमा उल्लेख छ । विभागले मागेको धरौटी बुझाउन नसकेपछि सञ्चालक घिमिरे थुनामानै रहेका हुन् ।
 
Published on: 31 January 2018 | Madhyanha

Back to list

;