s

नेपालले नपठाए हामी अन्य देशबाट कामदार लिन्छाैं : मलेसियन राजदूत (भिडियाे)

मलेसियाका राजदूतले नेपाली कामदार लाने प्रक्रियामा नेपालले आफ्नो देशले भने बमोजिम काम नगरे नेपाली कामदार नलाने बताएका छन्।

नागरिकसँगको कुराकानीमा मलेसियन कार्यबाहक राजदूत अहमद फाडिल इस्माइलले मलेसियाले अन्य १४ मुलुकमा लागु गरे जस्तै जी ४ वा सो सरहको नियम पालना गरे मात्रै कामदार लान सकिने बताए। जी टू जी मोडलले कामदारको लागत घट्ने पनि उनको भनाइ छ।

‘मलेसियामा नेपाली कामदार दोस्रो स्थानमा छन्, नेपालबाट कामदार नगए बैकल्पिक उपाय खोज्न सकिन्छ’, उनले भने।
‘हामीले कामदार ल्याउन अन्य १४ मुलुकसँग जस्तो नीति बनाएका छौ, नेपालसँग पनि त्यहि नै कायम हुने हो, उनले प्रष्ट पारे, ‘नेपालका लागि छुट्टै नीति तर्जुमा गर्ने कुरो हुँदैन।’ 

आफूहरु चाँडै नै नेपाल सरकारसँग श्रम सम्झौता गर्ने तयारीमा रहेको जानकारी गराउँदै राजदूत इस्माइलले भने, ‘जसले यो समस्यामा ठोस निर्णय हुन सकोस।’

Published On: 30 August 2018 | Nagarik

Back to list

;