s

नेपाललाई स्विट्जरल्याण्डको ८६ करोड सहयोग

नेपाललाई स्विट्जरल्याण्डले ८६ करोड रूपैयाँ सहयोग गरेको छ। वैदेशीक रोजगारीबाट फर्केकाहरूलाई समुदायमा पुनरएकिकरण गर्ने कार्यक्रम अन्तरगत यस्तो सहयोग रकम खर्च हुने भएको हो।

बुधबार अर्थमन्त्रालयमा यस्तो सहयोग सम्झौता भएको हो। यसरी रोजगारीबाट फर्केकाहरूलाई सामाजिक, साँस्कृतिक, आर्थिक र राजनीतिक गतिविधिमा सक्रिय सहभागिताको लागि यो कार्यक्रम सञ्चालन भइरहेको छ। हाल आएको सहयोग २० स्थानीय तह, २ प्रदेशमा कार्यान्वयन हुनेछ। चार वर्षे अवधिको यो कार्यक्रम आगामी जुलाईबाट शुरु हुनेछ। सरकारी बजेटरी व्यवस्थाभित्रै रहेर यो कार्यक्रम कार्यान्वयन हुने भएको हो।

Published on: 9 June 2022 | Setopati

Link

Back to list

;