s

नेपालीलाई ठाउँ निकाला गर्ने भारतीय ठेकेदारमाथि मुद्दा

गोकर्ण दयाल

बैतडी, वैशाख १० गते — लकडाउनका बेला नेपालीलाई खान बस्न नदिएर ठाउँ निकाला गर्ने भारतको उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाका दुई जना ठेकेदारमाथि भारतीय प्रहरीले मुद्दा दायर गरेको छ ।

भारतको पिथौरागढ जिल्लाको अड्किनी र वड्डा स्थित सडक र सिँचाई निर्माणमा मजदूरी गर्दै आईरहेका १३ जना नेपालीलाई खान बस्न नदिएर ठाउँ निकाला गर्ने भारतीय ठेकेदार जीवन कोहली र निर्मल लोहियामाथि भारतीय प्रहरीले मुद्दा चलाएको हो ।

सोमबार भारतीय ठेकेदारले बैतडी, बाजुरा, जुम्ला र मुगु जिल्लाका १३ जना नेपालीलाई सीमा नाकाको पुल खुल्दैछ भनेर झुक्याएर बस्दै गरेको ठाउँबाट निकाला गरेका थिए । बस्दै आईरहेको ठाउँबाट निकाला गरेपछि १३ जना नेपाली सीमामा आईपुगेका थिए ।

नेपालीलाई खान बस्न नदिएर निकाला गर्ने ठेकेदारमाथि उत्पीडन तथा महामारी र सङ्क्रमण नियमन बिरुद्धको कसुरमा मुद्दा दायर भएको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्चारकर्मी सुरेन्द्र आर्यले जानकारी दिनुभयो ।

भारतीय सञ्चारकर्मी आर्यका अनुसार ठेकेदारका नाममा प्रहरीले पक्राउ पुर्जि जारी गरेको छ । यस्तो सङ्कटको घडीमा नेपाल–भारत दुबै देश कोरोना महामारीसँग लडिरहेको बेला ठेकेदारले नेपाली मजदुरमाथि अमानवीय व्यवहार गर्दै उत्पीडन गरेकोले कारबाही हुनु पर्ने आर्यले बताउनुभयो ।

ठेकेदारले कार्यस्थलबाट निकाला गरेका १३ नेपाली मध्ये बैतडी जिल्लाका रामसिंह धामी र प्रेमसिंह धामीका बुबाको मृत्यु भएपछि सेतो कपडामा हुनुुहुन्छ । किरियापुत्रीलाई नेपाल ल्याउन पहल भईरहेको जिल्ला प्रशासन कार्यालय बैतडीले जानकारी दिएको छ ।

ठेकेदारले खान बस्न नदिएर ठाउँ निकाला गरेपछि सीमा नाकाबाट नेपाल आउन महाकालीमा ट्युब तर्न खोज्दा भारतीय एसएसवीले नेपालीलाई ट्युब तर्न रोकेर खाना खुवाएर क्वारेन्टाईनमा पठाएको छ ।

१३ जना नेपालीको स्वास्थ्य परीक्षण गरेर पिथौरागढ स्थित जिआई कलेजको क्वारेन्टाइनमा राखिएको छ । उहाँहरुको स्वास्थ्यमा कुनै समस्या नरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Published on: 22 April 2020 | Gorakhapatra

Link

Back to list

;