s

नेपालीका लागि कोरियाको कोटा तीन गुना वृद्धि

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा तीन गुना बढाएर १० हजार २ सय पुर्‍याएको छ।

यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभागले (एचआरडी) जानकारी गराएको हो। 

यस वर्ष ३हजार १ सय जनालाई मात्र कोटा छुट्याएको दक्षिण कोरियाले आगामी वर्षको लागि १० हजार २ सय नेपाली कामदार लैजाने भएको इपीएस कोरिया शाखालाई कोरियाको मानव संशाधन विभागले (एचआरडी) जानकारी गराएको हो।

कोरिया सरकारले बैदेशिक रोजगार अन्तर्गतको इपिएस कोरिया शाखालाई यो बर्ष १० हजार २ सय कामदार लैजाने औपचारिक जानकारी दिएको शाखाका निर्देशक बावुराम खतिवडाले बताए। उनका अनुसार १० हजार २ सयमध्ये ६२ सय कृषिमा र ४ हजार उत्पादनमूलक क्षेत्रमा लैजाने कोरियाले जनाएको छ।

बर्षेनी कोरियन भाषा परिक्षा गराएर कोरियाले नेपाली कामदार लैजााँदै आएको छ । नेपाली कामदारहरु कोरियामा उत्कृष्ट विदेसि कामदारको रुपमा गनिएका तथा मेहेनती पनि भएकाले यो वर्षकोभन्दा कोरियाले आगामी वर्षका लागि नेपाली कामदारको कोटा बढाएको हो।

इपिएस शाखाका अनुसार आगामी वर्षका लागि यही चैत ९ गतेदेखि १८ गतेसम्म भाषा परिक्षाका लागि आवेदन फारम लिइने छ । जेठ अन्तमा भाषा परिक्षा हुने भन्दै शाखाले परिक्षामा उत्तिर्णहरु सन् २०१८ मा कोरिया जान पाउने पनि जनाएको छ।

’कोरिया सरकारसँग निरन्तरको प्रयास पश्चात नेपाली कामदारको कोटा थप गर्न सहमत गराउन सफल भएका भन्दै खतिवडाले यसलाई निरन्तर गरेर आगामी बर्षहरुमा पनि थप गर्न प्रयत्न गर्ने पनि जनाए ।

यसअघि भाषा परीक्षा दिनका लागि फारम बुझाउन घण्टौ लाइन लाग्नु पर्ने परम्परा तोड्दै सन् २०१८ को इपिएस अन्तर्गतको भाषा परीक्षाकालागि आवेदकले अब अनलाइन फारम भर्न पाउने छन्। शाखाको अनुसार यो बर्षदेखि भाषा परीक्षाका लागि लागु गरिने अनलाइन फारमका लागि आगामी चैत्र नौ गतेदेखि १८ गतेसम्म अनलाइन आवेदन बुझिनेछ । परीक्षा भने जेठ अन्तिममा गर्ने तयारी भैरहेको खतिवडाले बताए।

अनलाइनमार्फत् आवेदन बुझ्ने ब्यवस्थाले  दिनभर तथा रातभर लाइनमा बसेर फारम बुझाउनुपर्ने समस्या अन्त्य हुनेछ तर अनलाइनमा फारम भर्न तोकिएका बैंकमा आवेदन शुल्क भने पहिले नै बुझाउनु पर्नेछ । बैंकबाट रकम जम्मा गरेको कोड राखेपछि मात्रै अनलाइनफारम ‘सब्मिट’ गर्न सकिनेछ। साथै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) पनि अनिवार्य हुनेछ भन्दै उनले गतवर्षदेखि नै विभागले एसआरपी अनिवार्य गरिसकेको जनाए।

शाखाले आफ्नै स्रोतबाट खर्च गर्ने गरी गतवर्ष नै अनलाइन प्रणाली विकास गरेको थियो तर परीक्षण नसकिँदा प्रयोग गर्न सकिएको थिएन। कामदारको कोटा बढेकाले यो वर्ष कोरियन भाषा पढ्ने धेरैलाई उत्तीर्ण हुन अघिल्ला वर्षहरुको तुलनामा सजिलो हुने उनले बताए।  

नेपालबाट सन् २००८ देखि इपीएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन्।  आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ। गतवर्ष झण्डै ६० हजारले कोरियन भाषा परीक्षा दिएका थिए।

Published on: 28 February 2017 | Nagarik

Back to list

;