s

नेपाली टोली क्यानडा जाने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले क्यानडामा नेपाली कामदारको सम्भावनाबारे अध्ययन गर्न संघ र श्रम तथा रोजगार मन्त्रालयको टोली क्यानडा जाने बताएका छन् ।
 
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा सिनेटरहरुले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा आयोजना गरेको मैत्रीपूर्ण कार्यक्रममा सहभागी भइ स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मध्यान्ह राष्ट्रिय दैनिकसंगको कुराकानीमा अध्यक्ष गुरुङले उक्त जानकारी दिएका हुन् । अमेरिकामा उनले क्यानडाका सांसद बब जिम्मरसँग साइड लाइन छलफल गरी क्यानडामा नेपाली कामदारको रोजगारी सम्भावना बारे छलफल गरेका थिए ।
 
अध्यक्ष गुरुङले नेपाली दक्ष तथा अर्धदक्ष कामदारलाई क्यानडाको श्रम जनशक्तिलाई क्यानडासम्म पुर्याउन पहल क्यानडियन पार्लियामेन्टका सदस्य जिम्मरसँग गम्भीर र फलदायी छलफल गरेको बताए । उक्त मैत्रीपूर्ण कार्यक्रममा सहभागी भइ संघका अध्यक्ष गुरुङसहित संघका सल्लाहकार पदमराज पौडेल पनि मंगलबार नै स्वदेश फर्किएका छन् । अध्यक्ष गुरुङले मध्यपूर्वका सरकार प्रमुख तथा अन्य पक्षसंग छलफल भने हुन नपाएको बताए ।
 
Published on: 14 February 2018 | Madhyanha

Back to list

;