s

नेपाली राहदानीमा कुवेत पुगेकी भारतीय महिला काठमाडौंमा पक्राउ

सक्कली नेपाली राहदानीमा तस्बिर परिवर्तन गरी कुवेत पुगेकी भारत कालिङ्पोङकी विनिता क्षेत्री काठमाडौं विमानस्थलमा पक्राउ परेकी छिन्। झापाकी मनमाया योञ्जनको नाममा जारी राहदानीमा आफ्नो तस्बिर राखेर पुस २६ गते कलकत्ता हुँदै घरेलु कामदारका रुपमा उनी त्यसतर्फ गएकी थिइन्।

कुवेतस्थित नेपाली दूताबासले उनलाई तस्बिर परिवर्तन गरिएको राहदानीसहित नियन्त्रणमा लिई नेपाल फर्काइदिएको थियो। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलको पार्किङ क्षेत्रबाट समातेको हो।

ब्युरोका अनुसार विनिताको उमेर १६ वर्षमात्र रहेको र वैदेशिक रोजगारमा जान २१ वर्ष पूरा हुनुपर्ने भएकाले उनले अर्काको राहदानी प्रयोग गरेको खुलेको छ। उनलाई युवराज क्षेत्रीले तस्बिर परिवर्तन गरी राहदानी बनाइदिएको खुले पनि क्षेत्रीबारे विस्तृत जानकारी दिइएको छैन। क्षेत्रीले विनितासँगै अन्य ५ भारतीय महिलालाई यसैगरी कुवेत पठाएको थाहा भएको छ।

Published on: 26 January 2012 | Nagarik

Back to list

;