s

नेपाली नागरिक भारतमा लुटिए

भारत नयाँ दिल्लीबाट फर्कदै गरेका कञ्चनपुर शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरका ३६ वर्षीय रमेश तिरुवा विहीबार भारतमा लुटिएका छन्। बसमा संगै बसेर आएका युवाले दिएको आइसक्रिम खाँदा बेहोस बनेका तिरुवा भारत बरेलीको रामनगर नजिकै लुटिएका हुन्। 

“सँगै बसेका युवाले आइसक्रिम खान दियो, आफूले पनि खायो” पीडित तिरुवाले भने, “छ महीना काम गरेर कमाएर ल्याएको भारतीय रु ४० हजार र परिवारका लागि ल्याएको कपडा सबै लुटेराले लुटेर लगेको छ।” बेहोस अवस्थामै सीमावर्ती बजार बनवासा पुगेपछि नेपालीको सहयोगमा उनी घर पुगेका छन्।

भारतमा मृत्यु 

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–६ का करिब २२ वर्षीय रनि साउदको भारत गुडगाँवस्थित रोहतकमा बुधवार सडक दुर्घटनामा मृत्यु भएको छ। 

सडक छिचोल्ने क्रममा गाडीले ठक्कर दिँदा साउदको मृत्यु भएको मृतकका छिमेकी तर्कराज भट्टले जानकारी दिए। मृतकको शव रोहतकस्थित सरकारी अस्पतालमा राखिएको छ। शव ल्याउनका लागि मृतकका आफन्त भारत गएका छन्। मृतक साउद भारतमा रोजगारी गर्दै आएका थिए। साउदका श्रीमती र दुई छोरा छन्। रासस

Published On: 30 August 2018 | Nagarik

Back to list

;