s

नेपाली कामदार बोकेको गाडी पोर्चुगलमा दुर्घटना- एकको मृत्यु, ५ घाइते

लक्ष्मण देवकोटा

नेपाली कामदारहरू बोकेर नियमित काममा हिँडेको गाडी मन्तेजो पिकोइसमा पल्टँदा चितवनकी चेतमाया कुमालको ज्यान गएको छ भने ५ नेपाली महिला घाइते भएका छन् । बिहिबार बिहान ८ बजेतिर घटना घटेको रेडियो रिनसेन्साले बताएको छ।

घटनास्थल पुगेका पत्रकार गणेश पाण्डेका अनुसार  सँगै काममा गएका अनिश विश्वकर्मा, आरती श्रेष्ठ राई, उषा बर्तौला, अनिता बिक, अल्का भेटवाल घाइते छन्। उनीहरूको सेतुबल अस्पतालमा उपचार भइरहेको छ। गाडी पाकिस्तानी नागरिकले चलाएको र उनी पनि घाइते छन्।
 
Published on: 26 January 2018 | Setopati

Back to list

;