s

नेपाली कामदार लैजान मलेसियाले वैकल्पिक संयन्त्र बनाउने

कामदार रोक्ने निर्णय पुनर्विचार गर्न नेपाललाई आग्रह

मलेसिया सरकारले तत्काल कामदार नपठाउने निर्णय पुनरावलोकन गर्न नेपाललाई आग्रह गरेको छ । मानव संशाधनमन्त्री एम कुलासेगरनले नेपाल कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन आग्रह गरेका हुन् । ‘नेपाली कामदारहरु आउने वैकल्पिक संयन्त्र बनाउँछौं । नभए यहाँ कमदारको अभाव हुनेछ’ उनले भनेका छन् ।

एकपक्षीय रुपमा अवैध संयन्त्रहरु कडा गरेर अतिरिक्त रकम लिएको भन्दै मलेसियामा कामदार पठाउन रोकेको छ । भीएलएन, जीएससी, वान स्टप सेन्टर लगायतका नाममा नेपाली कामदारमाथि झण्डै १९ हजार अतिरिक्त शुल्क लिइन्छ । सरकारले यसलाई अबैध मानेको छ र यो कायम रहेसम्म मलेसियामा कामदार नपठाउने बताएको छ । मलेसिया सरकारले भने यो अघिल्लो सरकारको निर्णय भएको र यसबारे अध्ययन भइरहेको बताए ।
 
मानव संशाधनमन्त्री कुलासेगरनले यसबारे मन्त्रिपरिषद्मा छलफल भएको बताए । उनले भने, ‘यसबारे तत्काल एक्सनमा जान आगामी साता कागजातहरु बनाउँछु ।’ तर, आफूले यो सन्देश पठाउँदा पनि नेपालले कामदार आउन रोकेकोमा असन्तुष्ट जनाए । नेपालले कामदार नपठाउँदा मलेसियाली कम्पनीहरुमा सुरक्षा गार्डको अभाव भएको बताए ।
 
नेपाली कामदारहरु बहादुर र इमान्दार हुने र धेरै कम्पनीहरुले उनीहरुलाई राख्न चाहने उनले बताए । ‘हामी अपेक्षा गर्छौ कि नेपालले यस मामिलामा सजिलो बनाउनेछ र आफ्नो निर्णय पुनर्बिचार गर्नेछ’ मन्त्री कुलासेगरनले भनेका छन् ।
 
Published on: 28 July 2018 | Onlinekhabar

Back to list

;