s

नेपाली दूतावास साउदीले २३ जना कामदारको कागजपत्र फिर्ता लियो

साउदीस्थित नेपाली दूतावासले २३ जना नेपाली कामदारको कागजपत्र दलालबाट फिर्ता लिएको छ । मुनेश्वर दगर, नबिनकुमार उराव, परमेश्वर उरावलगायत २३ जनाको कागजपत्र दूतावासले फिर्ता लिएको हो । स्पोन्सर कम्पनी सम्पर्कमा नरहेको र उनीहरुका पासपोर्ट लगायतका कागजात दलालले राखेको थियो । 
 
पीडितहरु सात महिना अघि साउदी अरब पुगेका थिए । उनीहरुलाई हवाई टिकट उपलब्ध गराई दिन दूतावासले सम्बन्धित म्यानपावर र वैदेशिक रोजगार विभागलाई आग्रह गरेको छ । 
 
Published on: 14 March 2018 | Ujyaaloonline

Back to list

;