s

नेपाल प्रवेश गर्दै गरेका २० जना पशुपतिनगरबाटै फिर्ता

प्रेम अधिकारी

पशुपतिनगर(इलाम) बैशाख १६ गते ।   भारतका बिभिन्न स्थानबाट दोलखा जान नेपाल प्रवेश गर्दै गरेका २० जनालाई प्रहरीले इलामको पशुपतिनगरबाट फिर्ता पठाएको छ ।  लकडाउनको समयमा लुकीछिपी भारतको सुकीया दार्जिलिङबाट पुलखोला हुँदै पशुपतिनगरबाट नेपाल प्रवेश गर्दै गर्दा शसस्त्र प्रहरीले पक्राउ गरी भारत नै फिर्ता पठाएको हो ।

कामको शिलशिलामा भारतका बिभिन्न स्थानमा रहेका उनीहरु लकडाउनको समयमा दोलखा जान भनी नेपाल प्रवेश गर्न लागका थिए । शसस्त्र प्रहरी बल(बीओपी) पशुपतिनगरका इन्सपेक्टर पवन खड्काका अनुसार भारतबाट आएका उनीहरुलाई आवश्यक जानकारी लिई भारत नै फर्काईएको छ ।

इन्सपेक्टर खड्काले भन्नु भयो ‘लकडाउनका कारण यातायात समेत संचालन नहुँने भएपछि उनीहरुको अझ बिचल्ली हुन्छ भनेर उतै फर्काईएको हो ।’ प्रहरी, सूर्योदय नगरपालिका र जिल्ला प्रशासन कार्यालयको समन्वयमा उनीहरुलाई फिर्ता पठाईएको प्रहरीले जानकारी दिएको छ । 

जथाभावी रुपमा मानिसको आवातजावात हुनथाले पछि इलामको नेपाल भारत सिमा क्षेत्रमा शसस्त्र पहरीले उच्च सर्तकता अपनाएर सुरक्षा गरिरहेको छ । सिमानाबाट कलडाउनको समयमा समेत भारतमा काम गर्न गएका नेपाली र भारतीय नागरिक समेत लुकीछीपि आउने क्रम नरोकीए पछि इलामको नेपाल भारत सिमा क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरी पोष्ट स्थापना गरी सुरक्षा दिदै आएको छ । इन्सपेक्टर खड्काले लकडाउनको समयमा लुकीछीपी भित्रिनेका कारण जोखीम बढ्ने भएकाले उच्च सर्तकता र सुरक्षा अपनाईएको जानकारी दिनु भयो ।

Published on: 28 April 2020 | Gorkhapatra

Link

Back to list

;