s

नेपाल आउने रेमिट्यान्स १४ प्रतिशतले घट्ने विश्व बैंकको अनुमान

कोरोना महामारी तथा घट्दो पेट्रोलियम पदार्थको मूल्यका कारण सन् २०२० मा नेपाल आउने रेमिट्यान्स १४ प्रतिशतले घट्ने अनुमान गरेको छ। कोरोना महामारीका कारण विश्वभर प्रवाह हुने रेमिट्यान्स सन् २०१९ को तुलनामा २० प्रतिशतले न्यून हहुने बैंकले अनुमान गरेको छ। 

दक्षिण एसिया क्षेत्रमा २२ प्रतिशतले रेमिट्यान्स घट्ने बैंकको अनुमान छ। यो क्षेत्रमा २०१९ मा ६.१ प्रतिशतले बढेर १०९ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्रिएको थियो।

कोरोना महामारीका कारण सिर्जना भएको आर्थिक संकट, तेलको मूल्यमा भइरहेको गिरावटका कारण दक्षिण एसिया क्षेत्रको रेमिट्यान्स धेरै प्रभावित हुने छ। तेलको मूल्यमा भइरहेको गिरावटका कारण गल्फ क्षेत्रका देशबाट आउने रेमिट्यान्स धेरै प्रभावित हुने बैंकले अनुमान गरेको छ।

नेपालका अधिकांस कामदारको गन्तव्य गल्फ क्षेत्र रहेको छ। 

दक्षिण एसियाका भारत र पाकिस्तानमा २३ प्रतिशतले घट्ने, बांगलादेशमा २२ र श्रीलंकामा १९ प्रतिशतले घट्ने बैंकले अनुमान गरेको छ। 

कोरोना महामारीका कारण सिर्जना भएको आर्थिक संकटका कारण रेमिट्यान्स प्रभाव खुम्चिने बैंकको अनुमान छ। आधुनिक इतिहासकोकै ठूलो गिरावट हुने बैंकको भनाइ छ। 

आर्थिक संकटका कारण धेरै प्रवासी मजदुरहरुले काम गुमाउने,आम्दानी न्यून प्राप्त गर्ने बैंकले चेतावनी दिएको छ। मध्यम तथा न्यून आय भएका मुलुकहरुलेमात्र अघिल्लो वर्षको तुलनामा १९.७ प्रतिशतले रेमिट्यान्स कम प्राप्त गर्ने र यसको असर जनजिविकमा प्रभाव पार्ने बैंकको भनाइ छ। 

न्यून आय भएकाहरुलाई खुम्चिने रेमिट्यान्सको पहिलो प्रभाव पर्ने छ। न्यून आय भएका मुलुकहरुमा गरिबी न्यूनीकरण तथा जीवनस्तर सुधारको महत्वपूर्ण टुलका रुपमा रेमिट्यान्सलाई लिइन्छ।

Published on: 23 April 2020 | Setopati

Link

Back to list

;