s

नेपाल र युएईका श्रममन्त्री बीच भेट, नेपाली श्रमिकका विषयमा युएई गम्भीर

नेपाल र युएईका श्रममन्त्री बीच बुधबार आबुधाबीमा भेटबार्ता भएको छ ।बुधबारबाट दुबईमा सुरु हुने मन्त्रीस्तरीय पाँचौं आबुधाबी डाइलगमा सहभागी हुन मंगलबार यूएई आएका श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्ट र उनका समकक्षी युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीबीच आबुधाबीमा भेटघाट भएको हो । भेटका क्रममा नेपालका तर्फबाट मन्त्री बिष्टले नेपाली श्रमिकका समस्याका बारेमा चासो राखेका थिए । जवाफमा नेपाली श्रमिकका विषयमा युएई गम्भीर र सुधारका प्रयासमा सकरात्मक भएको युएईका मानव संशाधनमन्त्री नासेर थानीले बताए।

मन्त्री हम्लीले नेपाल र नेपालीले युएईलाई दिएको योगदानको प्रशंशा गर्दै द्वीदेशीय सम्बन्ध बिकासमा युएई प्रतिबद्ध रहेको बताउँदै सहयोग र सहकार्य गर्ने उल्लेख गरे । मन्त्री बिष्टले युएईसँगको श्रम सम्झौता कार्यन्वयन सम्बन्धमा नोभेम्बर पहिलो साता दुई देशका संयुक्त कार्य समितिको बैठक नेपालमा बस्ने गरी सहमती भएको बताए । भेटघाटमा दुई देशका मन्त्रीसहित श्रम मन्त्रालयका सचिव विनोद केसी, राजदूत कृष्णप्रसाद ढकाल सहभागी भएको नेपाली दूतावास आबुधाबीकी उपनियोग प्रमुख तथा प्रवक्ता रिता धितालले जानकारी दिइन् ।

Published on: 17 October 2019 | Onlinekhabar

Link

Back to list

;