s

नेपाल र बेलायतबीच श्रम सम्झौता हुँदै

नेपाल र बेलायतबीच श्रम सम्झौता हुने भएको छ। सरकारले बेलायतसँग श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने भएको हो। 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले काम, पारिश्रमिक तथा सेवा-सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग सम्झौता गर्न लागिएको बताए।

 

नेपालबाट श्रम, परराष्ट्र, कानुन मन्त्रालय, चिकित्सा शिक्षा आयोगका प्रतिनिधि तथा बेलायतको स्वास्थ्य विभाग, राष्ट्रिय स्वास्थ्य सेवा र नेपालस्थित दूतावासका अधिकारीहरू सम्मिलित पहिलो बैठकले एक साताभित्र श्रम सम्झौता (एमओयू)को मस्यौदा तयार गर्ने सहमति गरेको छ।

नेपाल र बेलायतबीच सरकार-सरकार (जीटुजी) प्रकृयामार्फत नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने सहमति भएको छ।

नेपालका नर्सिङ कलेजको क्षमता बढाउन समेत बेलायत सरकारले सहयोग गर्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ। नेपालमा नर्स उत्पादन बढाउन छात्रवृति दिएर सहयोग गर्ने प्रतिवद्धता पनि बेलायत सरकारले जनाएको छ। 

नर्सहरूको करार अवधि पाँच वर्षको हुने गरी नेपालले प्रस्ताव गरेको छ। त्यस्तै बेलायत जाने नर्सले शुल्क बुझाउनु पर्दैन। छनोट भएका नर्सले बेलायत गएपछि बेलायतको स्वास्थ्य काउन्सिलले लिने परीक्षा भने उत्तीर्ण गर्नुपर्नेछ।

Published on: 17 January 2022 | Setopati

Link

Back to list

;