s

नेपाल फर्कने सम्भावना भएका करिब २२ लाख नेपाली विदेशमा

साढे २१ लाख ९० हजारभन्दा बढी नेपाली विदेशमा रहेको पाइएको छ।

जनगणना २०७८ को क्रममा राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा परिवार रहेको तर ६ महिनाभन्दा लामो समयदेखि विदेशमा बस्नेको संख्यालाई बाह्य अनुपस्थितिको सूचीमा राखेको थियो।

यस्तो संख्यालाई विदेशमा रहेको तर नेपाल फर्कने जनसंख्याको रूपमा गणना गरिएको हो।

तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले जनगणनामा विदेशमा स्थायी बसोबास गर्ने तथा नेपाल नफर्कने जनसंख्याको गणना नगरिएको र फर्कन सक्ने जनसंख्याको मात्रै गणना गरिएको बताए।

त्यस्तो संख्यालाई भने अनुपस्थित संख्याको रूपमा गणना गरिएको छ।

कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेका अनुसार बाह्य अनुपस्थित जनसंख्या ७.५ प्रतिशत रहेको छ।

'अक्सर विदेशमा बसोबास गरेको छ, उसको परिवार नेपालमा छन् डिभी/पिआर पनि भरेको छैन र बुवाआमा तथा परिवारका सदस्यले फर्कने गरी निश्चित समयलाई विदेशमा गएको भनेका छन् भने त्यस्तो संख्या गणना गरिएको हो, त्यो संख्या ७.८ प्रतिशत छ,' उनले भने।

विदेशमा रहेको जनसंख्यामध्ये सबैभन्दा धेरै २० देखि २९ वर्ष उमेर समूहको रहेको छ।

आइतरबार सार्वजनिक गरिएको जनगणना २०७८ को विस्तृत प्रतिवेदन अनुसार नेपालको जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७ रहेको छ।

यसमध्ये २१ लाख ९० हजार ५९२ जना विदेशमा रहेका छन्।

Published on: 18 March 2024 | Setopati

Link

Back to list

;