s

नेपाल आउने रेमिट्यान्स घट्यो

चालु वर्षको पहिलो दुई महिनामा अघिल्लो वर्षको तुलनामा नेपाल आउने रेमिट्यान्स घटेको छ।नेपाल राष्ट्र बैंकका अनुसार चालु वर्षको साउन र भदौमा रेमिट्यान्स अघिल्लो वर्षको यही अवधिको तुलनामा ०.३ प्रतिशतले घटेको हो।

केन्द्रीय बैंकका अनुसार चालु वर्षको पहिलो दुई महिनामा १ खर्ब ५३ अर्ब रेमिट्यान्स आएको छ। जुन अघिल्लो वर्ष १ खर्ब ५४ अर्ब भित्रिएको थियो।

यो वर्ष असोजमा दसैं परेको थियो। दसैंको अघिल्लो महिनामा सामन्यतया रेमिट्यान्स बृद्धिदर राम्रो हुने गर्छ। तर यो वर्ष भने घटेको छ।यद्यपी वैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्यामा भने झिने बृद्धि भएको छ। 

केन्द्रीय बैंकको तथ्यांकअनुसार चालु वर्षको पहिलो २ महिनामा विदेसिनेको संख्या ०.२ प्रतिशतले बढेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३९.० प्रतिशतले घटेको थियो।

समीक्षा अवधिमा पुनः श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १०.३ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.८ प्रतिशतले घटेको थियो।

Published on: 24 October 2019 | Setopati

Link

Back to list

;