s

नेकपा सांसदको माग- 'विदेश गएकाको परिवार बिगार्नेलाई कडा कारबाही होस्'

काठमाडौँ — सत्तारुढ नेकपा सांसद शान्तिमाया पाख्रिनले विदेशमा गएका युवायुवतीका परिवार बिगार्नेलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएकी छन् ।

प्रतिनिधि सभा बुधबारको बैठकमा सांसद पाख्रिनले नेपाली समाजमा व्याप्त भएको अर्काको परिवार बिगार्ने कामको अन्त्य गर्नुपर्ने बताइन्। उनले भनिन्, 'सुन्दर भविष्य निर्माण र रोजगारीका लागि नेपाली युवायुवती विदेश गएका हुन्छन्। तीन/चार वर्षपछि नेपाल फर्कँदा न त आफ्‍नोसाथमा श्रीमान्/श्रीमती न त दुःख गरी कमाएको पैसा नै हुन्छ।'

उनले थपिन्, 'नेपाली समाजमा झाँगिदो विकृति हो यो। श्रीमान्/श्रीमती विदेश हुँदा अर्काको घर परिवार बिगार्ने र सम्हाल्न नसक्‍ने महिला वा पुरुषलाई कडा कारबाही गर्ने व्यवस्था गर्नुपर्छ।'

Published on: 13 February 2020 | Kantipur

Link

Back to list

;