s

नयाँदिल्लीमा प्रवासीका लागि स्वास्थ्य शिविर

नयाँदिल्ली — दिल्लीमा रहेका प्रवासी नेपालीका लागि शनिबार नि:शुल्क स्वास्थ्य जाँच शिविरको आयोजना गरिएको छ । प्रभु बैंकको दिल्ली कार्यालय र केयर फर क्योर संस्थाले संयुक्तरूपमा शिविर आयोजना गरेको हो ।

शिविरमा सामान्य स्वास्थ्य परीक्षणबाहेक महिलाहरूको पाठेघर क्यान्सरको स्क्रिनिङ पनि गरिएको छ । बालाजी एक्सन क्यान्सर अस्पतालको जनरल फिजिसियन र क्यान्सर रोग विशेषज्ञहरूले स्वास्थ्य जाँच गरेका छन् ।

केयर फर क्योर संस्थाका संचालक एलपी पाण्डेले प्रवासी नेपालीले लाभ उठाउन भनेर संस्थाबाट बेला-बेला स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्ने गरेको बताए । यसअघि कोभिड विरूद्धको खोप लगाउने शिविरको आयोजना पनि दुवै संस्थाले गरेका थिए ।

Published on: 13 June 2022 | Kantipur

Link

Back to list

;