s

नयाँदिल्लीबाट १६ महिलाको उद्दार

भारतको नयाँदिल्लीबाट १६ नेपाली महिलाको उद्दार गरिएको छ। भारतीय बाटोहुँदै अवैध खाडीमुलुक जान लागेका महिलालाई दिल्लीको मैदानगढी क्षेत्रका होटलबाट उद्धार गरिएको हो। 
 
नेपाली राजदूतावासको सहयोग तथा समन्वयमा उनीहरुलाई उद्दार गरी नेपालगन्ज ल्याइएको माइती नेपाल नेपालगन्जका प्रमुख केशवराज कोइरालाले जानकारी दिए। 
 
‘दिल्लीबाट ल्याइएका महिलालाई परिवारको जिम्मा लगाउने तयारी भएको छ,’ उनले भने। दिल्ली महिला आयोग दिल्ली र बनारस प्रहरी तथा रेस्क्यू फाउन्डेशनले सहयोग गरेका थिए। उद्दार गरिएका महिलामध्ये सबैभन्दा बढी बाँकेका पाँचजना रहेका छन्। अन्य दाङ, दैलेख, पाल्पा, नवलपरासी, रुपन्देही, मोरङ, झापालगायत जिल्लाका महिला रहेका छन्। नेपाल सरकारले महिलालाई खाडीमुलुक जान प्रतिबन्ध लगाएपछि उनीहरुले भारतीय बाटो प्रयोग गर्न थालेका छन्।
 
Published on: 9 August 2018 | Annapurna Post

Back to list

;