s

नवौं कोरियन भाषा परीक्षाका लागि ८२ हजार भन्दा बढीको आवेदन

नवौं कोरियन भाषा परीक्षामा सहभागी हुन ८२ हजार २ सय ७९ जना युवाले आवेदन दिएका छन् । 
 
जसमध्ये उत्पादनमूलक क्षेत्रमा ४२ हजार ६ सय ३१ र कषी क्षेत्रमा ३९ हजार ६ सय ४८ जनाले आवेदन दिएको इपिएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो ।
 
उत्पादनमूलक क्षेत्रमा काम गर्ने गरी ४८ सय र कृषितर्फ २३ सय जनाको कोटा रहेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०१९ मा कामका लागि दक्षिण कोरिया जान शनिबार राति १२ बजेसम्म अनलाइन आवेदन दिएका युवाले गल्ती भए २३ गतेसम्म मिलाउन पाउने भण्डारीले बताउनुभयो ।
 
परीक्षा आउँदो जेठ २६ र २७ गते हुनेछ । यसपटक ७ हजार १ सय जना कामदार भाषा परीक्षामा उत्तिर्ण हुने शाखाले जनाएको छ ।
 
Published on: 1 April 2018 | Ujyaaloonline

Back to list

;