s

नक्कली शरणार्थी प्रकरणको निन्दा

अमेरिका : नेपालका उच्च पदस्थ राजनीतिक नेता र मन्त्रीकै संलग्नतामा भुटानीबाहेक अरूलाई नै नक्कली शरणार्थी बनाएको भन्दै अमेरिकामा रहेको ‘पिस इनिसियटिभ भुटानले’ आपत्ति प्रकट गरेको छ।

एक विज्ञप्ति जारी गर्दै पिस इनिसियटिभले यो प्रकरणले वैध भुटानी शरणार्थीहरूलाई धेरै ठूलो क्षति पुर्‍याएको बताएको छ। यसले शरणार्थी पुनर्वास प्रक्रियाको इमान्दारिताको जग खोतलेको उसको भनाइ छ।

‘उच्च पदस्थ नेपाली राजनीतिज्ञ तथा शासकहरूद्वारा गोप्य रूपमा योजना बनाइएको संगठित अपराधको हामी घोर भत्र्सना गर्दछौं। पीआईबीले दोषीलाई न्यायको कठघरामा ल्याउन छिटो कदम चाल्न र निष्पक्ष तथा अपक्षपातपूर्ण अनुसन्धानको समर्थन गर्न माग गर्छ,’ विज्ञप्तिमा भनिएको छ।

उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल प्रहरीलाई विधिको शासन कायम गर्न नेपालको न्याय प्रणालीको अन्तर्राष्ट्रिय विश्वास पुनस्र्थापित गर्न पनि माग गरेका छन्।

पिस इनिसियटिभले पूर्वी नेपालमा बाँकी भुटानी शरणार्थीले सास्ती भोगिरहेकाले यसतर्फ पनि सरकारको ध्यान दिनुपर्ने जनाएको छ। पीआईबीकी सूचना अधिकारी आरती चापागाईंले सार्वजनिक गरेको उक्त विज्ञप्तिमार्फत नेपाल सरकार, भुटानलगायत भुटानी शरणार्थीलाई सफलतापूर्वक पुनर्वास गरेका मुख्य समूहका देशहरू र अन्तर्राष्ट्रिय रोकारवालाहरूबीच सहकार्यका लागि आह्वान गरिएको छ।

Published on: 19 May 2023 | Annapurna Post

Link

Back to list

;