s

नक्कली म्यानपावर खोली रकम ठगी गरेको आरोपमा एकजना पक्राउ

२५ फागुन, काठमाडौं । प्रहरीले नक्कली म्यानपावर खोली रकम ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाँउपालिका-२ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका-१४ गाईबाछाटोल बस्‍ने २८ वर्षीय आदेश तामाङ रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको भीनभवन बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगीसम्बन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Published on: 10 March 2023 | Onlinekhabar

Link

Back to list

;