s

नक्कली कागजात बनाएर विदेश पठाएको आरोपमा सिटी टुर्स एण्ड ट्राभल्सका सञ्चालक कार्की पक्राउ

काठमाडौं : नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको आरोपमा सिटि टुर्स एण्ड ट्राभल्सका सञ्चालक बिनोद कार्की पक्राउ परेका छन्।

भिजिट भिषामा विदेश जान लागेका युवा युवतीहरुको शंकास्पद कागजात बनाउन सेटिङ गर्ने मोरङको पथरी शनिश्चरे नगरपालिका-७ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-४ ईमाडोल बस्ने कार्कीलाई बल्खुबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक रविन्द्र रेग्मीका अनुसार गत असोज १७ गतेदेखि हालसम्म १५१३ थान राहदानी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकोमा सो मध्ये २४६ कागजात नक्कली देखिएकाले अनुसन्धान गर्दा कार्कीको संलग्नता देखिएको छ।

उनका अनुसार अनुसन्धानको क्रममा अनुसन्धान गर्दा एजेन्ट, कन्सलटेन्सी , ट्राभल्स एजेन्सीहरुले एयरलाईन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजारसम्म र अध्यागमनलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म सेटिङ मिलाई विदेश पठाउने खुलेपछि उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि प्रहरी परिसर टेकुमा पठाइएको छ।

Published on: 25 December 2023 | Annapurna Post

Link

Back to list

;