s

नवीकरण गर्न आग्रह

काठमाडौँ, मङ्सिर २१ गते । कतारस्थित नेपाली दूतावासले कतारमा कार्यरत नेपाली श्रमिकलाई श्रम स्वीकृतिको अवधि समाप्त हुनुअघि नै नवीकरण गर्न आग्रह गरेको छ । दूतावासले एक सूचनामार्फत श्रम अवधि सकिएपछि विदेशमा रहँदा कुनै दुर्घटना वा गम्भीर बिरामी भए कानुनअनुसार पाउने सेवा सुविधाबाट वञ्चित हुने भन्दै अवधि सकिनुअघि नै नवीकरण गर्न अनुरोध गरेको हो ।

वैदेशिक रोजगारीको करार अवधिभित्रै कुनै पनि कारणले मृत्यु भएमा वा अन्य कुनै घटनामा परेर गम्भीर बिरामी भएमा वैदेशिक रोजगार बोर्डमार्फत आर्थिक सहायता उपलब्ध हुन्छ ।

त्यस्तै विदेश जानुपूर्व श्रम स्वीकृति लिने बेलामा गरेको बीमा रकम पाउने व्यवस्था छ तर समयमा श्रम नवीकरण नगराई श्रम स्वीकृतिको म्याद सकिएपछि कुनै दुर्घटना भएमा यस्तो सहायता पाइँदैन ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने नेपालीले श्रम स्वीकृति लिनुुपर्ने व्यवस्था छ । एक पटक श्रम स्वीकृति लिएर विदेशमा काम गरी घर फर्किएर पुनः त्यही काममा जाँदा श्रम स्वीकृतिको अवधि सकिएको भए अनिवार्य रूपमा श्रम नवीकरण गर्नुपर्छ ।

पछिल्लो समय श्रम स्वीकृति अनलाइनमार्फत नै लिन सकिन्छ । वैदेशिक रोजगार विभागको वेबसाइट धधध।ाभष्mक।नयख।लउ मा लग इन गरी संसारका जुनसुकै देशबाट पनि श्रम स्वीकृति नवीकरणका लागि आवेदन दिन सकिन्छ ।

Published on: 7 December 2022 | Gorkhapatra

Link

Back to list

;