s

म्यानपावर व्यवसायी आन्दोलनमा

वैदेशिक रोजगार व्यवसायीहरूले गृह, परराष्ट्र, श्रम, अर्थ, स्थानीय विकास मन्त्रालयसम्बद्ध ६ दर्जनभन्दा बढी माग राख्दै १० दिनमा पूरा नभए आन्दोलन गर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत अध्यागनलाई चुस्त बनाउनुपर्ने, श्रम स्वीकृत दिएकालाई सहज बनाउनुपर्ने, गैरनेपालीलाई राहदानी दिन नहुने, व्यवसायीले उचित शेवा शुल्क लिन पाउनुपर्ने माग राखेको छ ।

खाडी मुलुकमा समान तलब बनाउनुपर्ने, घरेलु कामदार संस्थागत पठाउनु पर्ने, कोरियाको इपीएस खारेज गरी व्यवसायीले पठाउनुपर्ने संघको माग छ । इपीएसमार्फत करिब ८० हजार रुपैयाँमा कोरिया जाने गरेकामा व्यवसायीले पि|m भिसा र पि|m टिकट हुने ठाउँका लागि पनि ८० हजार रुपैयाँभन्दा बढी लिने गरेका छन् । सरकारले वैदेशिक रोजगारका अनियिमततामाथि कडाइ गरेपछि संघले १० दिनमा पूरा नहुने माग राखेर आन्दोलन घोषणा गरेको छ । मागमा कतिपय नीतिगत तथा प्रक्रियागत समस्या समेटिएका छन् । प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइसकेको जनाउँदै संघले वैदेशिक रोजगार विभागमा धर्ना, थाल ठटाउने, प्रधानमन्त्रीलाई कालो चस्मा दिने, महानिर्देशकको कार्यकक्ष २ दिन तालाबन्दी गर्ने बताएको छ । आन्दोलन कार्यक्रमका दिनहरू उल्लेख नगरी घोषणा गरेको कार्यक्रमबाट माग पूरा नभए विभागको काम कारबाही अनिश्चितकालका लागि ठप्प पार्ने संघको भनाइ छ ।
 
Published on: 16 February 2013 | Kantipur
 

Back to list

;