s

मुम्बईबाट उद्धार गरी ल्याइएका १२ बालक अभिभावकको जिम्मामा

शंकर आचार्य

पर्सा — माइती नेपालले भारतको मुम्बईबाट उद्धार गरी ल्याएका १२ जना बालक तथा किशोरहरूलाई उनीहरूका अभिभावकको जिम्मा लगाएको छ ।

रौतहटका ७, महोत्तरीका २, कैलाली, धनगढी र कपिलवस्तुका १/१ बालकहरूलाई बुधबार साँझ वीरगन्जमा उनीहरूका अभिभावकको जिम्मा लगाएर घर पठाइएको माइती नेपाल वीरगन्ज आवधिक गृह प्रमुख संगिता पुरीले जानकारी दिइन् ।

उनीहरुलाई मंगलबार साँझ मुम्बईबाट उद्धार गरी वीरगन्ज ल्याइएको थियो । १३ देखि १८ वर्ष उमेर समूहका ती बालक/किशोरहरूलाई मजदुरीका लागि मुम्बई लगिएको थियो । सन् २०२१ को जुलाई ७ तारेखमा भारतको मुम्बई पुगेका उनीहरूलाई त्यहाँको कुरल रेल्वे स्टेसनबाट भारतीय प्रहरीले उद्धार गरेको थियो । त्यसपछि ती बालकहरूलाई भारतीय प्रहरीले मुम्बईस्थित बाल कल्याण कमिटीको जिम्मा लगाएको थियो ।

कमिटीले माइती नेपालसँग समन्वय गरी बालकहरूको स्वदेश फिर्तीको पहल गरेपछि मुम्बईस्थित माइती नेपालको ‘मिसिङ रेस्क्यू अपरेसन टिम’ले सक्रियता देखाएर बालकहरूको स्वदेश फिर्तीको प्रक्रिया थालेको थियो ।

Published on: 21 January 2022 | Kantipur

Link

Back to list

;