s

मुख्यमन्त्री रोजगार कार्यक्रम : खर्च भएन बजेट

ललितबहादुर बुढा

सुर्खेत : गरिबीको रेखामुनि रहेका नागरिकलाई आयआर्जनमा जोड्न प्रदेश सरकारले विनियोजन गरेको बजेट नै फ्रिज भएको हो। सरकारी तथ्यांकअनुसार कर्णालीमा ४८ प्रतिशत नागरिक बेरोजगार छन्। 

यही समस्या समाधानका लागि भन्दै प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ। गत आर्थिक वर्षमा मात्र मुख्यमन्त्री रोजगार कार्यक्रमको साढे पाँच करोड रकम खर्च हुन नसकेर फ्रिज भएको हो।

आर्थिक वर्षको अन्त्यमा हचुवाको भरमा रकम निकासा गर्दा पनि मुख्यमन्त्री रोजगार कार्यक्रममा साढे पाँच करोडभन्दा बढी रकम फ्रिज भएको हो। सामाजिक विकास मन्त्रालयले सञ्चालन गरेको मुख्यमन्त्री रोजगार कार्यक्रमको ५ करोड ६३ लाख ३ हजार १ सय ८६ रुपैयाँ फ्रिज भएको हो। प्रदेश सरकारले गत आर्थिक वर्षको सुरुमै मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि ८० करोड रुपैयाँ विनियोजन गरेको थियो।

Published on: 6 November 2020 | Annapurna Post

Link

Back to list

;