s

मृतक तथा घाइते कामदारका नाममा कुवेतबाट करिब ९ करोड प्राप्त

वैदेशिक रोजगारका लागि कुवेत गएर घाइते तथा मृत्यु भएका नेपाली कामदारको नाममा कुवेतबाट ९ करोड रुपैयाँभन्दा बढी रकम नेपालमा आएको छ । कुवेतस्थित नेपाली दूतावासको प्रयासपछि सन् २०१८ मा घाइते तथा मृत्यु भएका कामदारको क्षतिपूर्तिबापतको बिमा, बाँकी तलब, सेवापश्चात् सुविधा, रोजगारदाता कम्पनीबाट प्राप्त हुने सहयोगलगायतका नाममा उक्त रकम नेपाल आएको हो ।

कुवेतस्थित नेपाली दूतावासले प्राप्त गरेको २ लाख ४८ हजार ८ सय ३३ कुवेती दिनार (सोमबारको विनिमय दरअनुसार ९ करोड १३ लाख रुपैयाँ) सम्बन्धित कामदारका कानुनी हकदारवालालाई उपलब्ध गराउने गरी परराष्ट्र मन्त्रालयका नाममा पठाएको हो । ५४ जना कामदारको नाममा रकम पठाइएको दूतावासले उल्लेख गरेको छ ।
 
सन् २०१८ मा कुवेतमा ३६ जना पुरुष र १२ जना महिला गरी ४८ जना नेपाली कामदारको मृत्यु भएको थियो । उनीहरू सबैको शव आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइसकिएको बताइएको छ । गत वर्ष कुवेतका विभिन्न कारागारमा रहेका ७६ जना नेपालीहरूमध्ये मृत्यदण्डको सजाय पाएका २ जनाको सजाय आजीवन कारावासमा परिवर्तन भएको छ । १८ जनाको भने सजाय माफी भई नेपाल फर्किएका छन् ।
 
दूतावासले सन् २०१८ मा कुवेतमा गम्भीर समस्यामा परेका कम्पनी क्षेत्रका १ सय ३२ जना कामदार र ४ सय ४५ जना घरेलु कामदारलाई उद्धार गरी राहत एवं अन्य सहयोग उपलब्ध गराएर स्वदेश फर्काएको जनाएको छ । कुवेत सरकारले २२ अप्रिल २०१८ सम्म विदेशी कामदारालई आममाफी दिने घोषणा गरेको थियो ।
 
कुवेतबाट कसको नाममा कति रकम आयो ? 
 
-झरेन्द्रप्रसाद आचार्य, झापा ६३१९६००
-विकास भुजेल, लमजुङ ४८७०७००
-खड्गकुमार राई, ओखलढुंगा ७४१०२००
-देवेन्द्र पाण्डे, सुनसरी ३०१९५००
-निशान थापामगर, ओखलढुंगा ३०३५०००
-गंगाप्रसाद योङहाङ, पाँचथर ६३८१८००
-गजेन्द्रकुमार विक, संखुवासभा ३०३३९००
-कुमार पौडेल, झापा ३५८७३२६
-लेखबहादुर थाडा, पाल्पा ६०४०२२६
-हीरा सुनार, सुर्खेत ३०४३०७०
-करुणा कार्की बर्तौला, मकवानपुर ९१४३००
-बेगम गुरुङ, ताप्लेजुङ ७५४३५२
-राजेशकुमार सर्वरिया, धनुषा ३००८०२०
-बन्धुराम थारू, नवलपरासी २९९५०००
-केहरसिंह राना, पाल्पाल १८१३७३३०
-देउमान तामाङ, पाँचथर ९१९२००
-विनोद मुखिया बिन, धनुषा ९७७३०००
-तिलकबहादुर खड्का, झापा ७२०२७८६
-अजयकुमार यादव, सिराहा ८३३५०
-साइलीमाया रुम्बा, बारा १५१३६५
-मोहनप्रसाद रेग्मी, स्याङ्जा ७३८३७
-वासु खाती, इलाम ५५३३६
-देउमान तामाङ, पाँचथर २६०१७३
-नवराज राई, खोटाङ १३९४८२
-दिलबहादुर पुलामी, धनकुटा ५५०९५
-शीतल राई, झापा ५५०९५
-खिमबहादुर भुजेल, स्याङ्जा ५५०९५
-उर्मिला विश्वकर्मा, सिन्धुली ५५०९५
-यज्ञप्रसाद बजगाई, झापा ५५०९५
-बुद्धिमाया गोले, सर्लाही ५७३९०
-सञ्जय राउत वेल्दार, धनुषा १४८३०४
-सिकन्दर मण्डल, महोत्तरी १०५४५०
 -नरेश बैठा, सर्लाही १९७८५३
-चन्द्रबहादुर ओली, सल्यान ८४११५
-अम्बिका विक, मोरङ ५४८५८
-दानबहादुर पौडेल, गुल्मी १४९९७४
-खुमबहादुर गुरुङ, तनहुँ ३४७२७०
-राजेन्द्र दमाईं, बारा ५४६६८
-सरज अन्सारी, सुनसरी ११९१६८
-नीरबहादुर राई, खोटाङ ५४६६८
-रिया तामाङ आङदाम्बे, झापा ५४६६८
-गुणबहादुर सुनुवार, सर्लाही ५४६६८
-दीपकबहादुर दर्जी, स्याङ्जा ८१२४३
-टुकबहादुर रायमाझी, रुपन्देही १८९९२०
-राजु किसन, म्याग्दी ५४६६८
-कृष्णकुमार सिंह, सिराहा ४६९६०३
-पञ्चलाल कपरी, धनुषा २२३३०५
-पासाङ दोर्जी शेर्पा, खोटाङ ८९२२८
-पेसलमाया राई, सुनसरी ५४६६८
-फूलमाया विक, मोरङ ५४६६८
-श्रीनारायण दास तत्मा, धनुषा ५४६६८
-दिलमाया राई, सुनसरी ९१११४
-हरिबहादुर क्षेत्री, कास्की  ६१२२८
-शान्ति विश्वकर्मा ५४६६९
 
Published on: 9 January 2019 । Naya Patrika

Back to list

;