s

मृगौला बिग्रेपछि दुबईबाट फर्के मजदुर

विदेशमा कमाउन गएका सवारी मजदुर दुवै मृगौला काम नलाग्ने भएपछि उपचारका लागि स्वदेश फर्किएका छन् । दुबईस्थित डीपी वल्र्ड कम्पनीका ट्रक चालक प्रकाश बस्नेत मृगौला उपचार महँगो भई ज्यान गुम्ने डरले नेपाल फर्किएका हुन् ।

'दुई-चार पैसा कमाउन अरब देशमा पुगेको थिएँ,' दुवै मृगौला काम नलाग्ने भनी ८ महिनाअघि चिकित्सकले भनेपछि अत्तालिएको बताउँदै उनले सोमबार भने, 'कमाएको र घरबाट मगाएको पैसा समेत डायोलोसिसमा सकेर रित्तो हात र्फकन बाध्य भएँ ।'
 
बिरामीले थलिएपछि उनी कार्यरत कम्पनीले यही डिसेम्बरदेखि उनलाई नोकरीबाट समेत बिदा दिएको थियो । त्यतिन्जेल बस्नेतले दुबईको क्यानेडियन र वेलहावल स्पेसिएलिटी अस्पतालमा उपचार गराउँदै आएका थिए । 
 
भीमेश्वर ११, दोलखा घर भएका बस्नेत एक वर्षअघि अरब गएका थिए । एक साताअघि नेपाल आएपछि उनले जोरपाटी अत्तरखेलस्थित काठमाडांै मेडिकल कलेजमा डायोलोसिस गरिरहेका छन् । त्यहाँ डा. कल्पना श्रेष्ठले उनको स्वास्थ्य जाँच गरेकी हुन् । औषधि र डायोलोसिस लगायतका लागि हप्तामा १५ हजार रुपैयाँ खर्च हँुदै आएको उनले जानकारी दिए । मृगौला प्रत्यारोपणका लागि लाखौं रुपैयाँ चाहिने चिकित्सकको सिफारिसपछि उनी अत्तालिएका छन् । 'अरबमा नेपाल र भारतको तुलनामा बढी पैसा लाग्ने भएपछि नेपाल र्फकन डाक्टरले नै सल्लाह दिएका हुन्,' बस्नेतले भने । 
 
उपचारका लागि स्वदेश र विदेशका नेपालीबाट आर्थिक सहयोग जुट्ने आशा उनले राखेका छन् । त्यसका लागि उनले हिमालयन बैंकको भक्तपुरस्थित सुकुलढोका शाखामा आफ्नै नाममा ००४०३८४२१२००१७ नम्बरको बचत खातासमेत खोलेको जानकारी दिए । त्यस्तै, मोबाइल नम्बर ९८४१३६९०३४ मार्फत समेत सम्पर्क हुन सक्ने समेत उनले जनाए ।
 
उनको दयनीय अवस्था देखी सहयोगका लागि अरबस्थित नेपाली दूतावासका काउन्सेलर दीपक अधिकारीले विभिन्न निकायलाई अनुरोधसमेत गरेका छन् । त्यस्तै, दुबईस्थित गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समितिले पनि पीडित बस्नेतको जीवन बचाउनका लागि सहयोग गर्न आग्रह गरेका छन् ।
 
Published on: 3 January 2012 | Kantipur

Back to list

;