s

माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने पक्राउ

काठमाडौं : माल्दोवा पठाइदिन्छु भन्दै २४ लाख ठगी गर्ने एक जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ‌ओखलढुंगाका ६७ वर्षीय दलबहादुर बस्नेत छन्।

उनले सेक्युरिटी गार्डमा २ लाख २० हजार तलब पाउने र १२ लाख खर्च लाग्ने भन्दै पीडितहरूलाई प्रलोभन देखाएका थिए। बस्नेतले गणेश लामासहित चार जनासँग पटक-पटक गरी २४ लाख ठगी गरी फरार बनेका थिए।

प्रहरीले उनलाई पर्साको राधेमाईबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाएको छ।

Published on: 26 February 2024 | Annapurna Post

Link

Back to list

;